काठमाडौं । नेपाली काँग्रेसले भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।
पार्टीको सबैभन्दा तल्लो र औपचारिक निकाय वडा अधिवेशनको प्रारम्भ गरेर महाधिवेशनको शुभारम्भ गरिने भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ ।
निर्वाचन समितिका संयोजक महादेव यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिए ।
पार्टीले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको विवाद समाधान गरी ५३ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकेको छ । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ भदौ २०७८, ०७ : ४३
लेखकबाट थप