काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल दर्शकविहीन हुने सम्भावना बढेको छ । बिहीबार र आइतबार नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम छ । दुवै खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ ।
खेल हुन दुई दिनमात्रै बाँकी हुँदासमेत दर्शकको विषयमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले ठोस निर्णय दिन सकेको छैन ।
राष्ट्रिय खेलुकद परिषद् राखेप, खेलकुद मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीमा एन्फाले पठाएको पत्रको सुनुवाइ भएको छैन । पछिल्लो समय एन्फाले कोभिडरिुवद्ध खोप लगाएका दर्शक अथवा दर्शक क्षमताको २५ प्रतिशत मात्रै भए पनि राख्ने सर्तसहित सिसिएमसीमा पत्र पठाएको थियो ।
तर पछिल्लो समय सिसिएमसीको बैठक नबस्दा एन्फाको पत्र रोकिएको छ । यदि यो दुई दिनभित्र मात्रै सिसिएमसीको बैठक बसेर स्वीकृत पाएमा एन्फा दर्शक रंगशालामा प्रवेश दिने रणनीतिमा छ ।
‘दर्शकको विषयमा कुनै निर्णय भएको छैन । हामी सिसिएमसीको निर्णय कुरेर बसेका छौं,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘बिहीबार बिहानसम्म पनि स्वीकृति पाए हामी दर्शकलाई प्रवेश दिनेछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १३ : ३२
लेखकबाट थप