वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपन सुरु

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १२ : २७
वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस युएस ओपन सुरु

एजेन्सी । वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपन सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको प्रतियोगिताको पहिलो चरणमै ब्रिटिश खेलाडी एण्डी मरे पराजित भएका छन् ।

मरेलाई ग्रिसका तेस्रो वरियताका खेलाडी अलेक्जेण्डर सित्सीपासले ३–२ को सेटमा हराएका हुन् । मरे विरुद्धको खेल सित्सीपासले ६–२, ६–७, ६–३, ३–६ र ६–४ ले जिते ।

यसपटकको युएस ओपन टेनिस प्रतियोगितामा नोभाक जोकोभिचलाई चासोका साथ हेरिएको छ । सदाबहार प्रतिद्धन्दीहरु रोजर फेडेरर र रफाइल नदालको अुनपस्थितीमा जोकोभिचलाई यसपटक उपाधिका मुख्य दावेदार मानिएको छ ।

सर्वियन टेनिस स्टार जोकोभिचले करियरमा अहिलेसम्म २० वटा ग्राण्ड स्लाम टेनिसको उपाधि जितसिकेका छन् । यो उपाधि जितेको खण्डमा उनले सर्वाधिक ग्राण्ड स्लाम जित्ने फेडेरर र नदालको २१ ग्राण्डस्लामको किर्तीमान बराबरी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस