एमालेका कार्यकर्ताविरुद्ध मुद्धा दर्ता

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, २१ : ३८
एमालेका कार्यकर्ताविरुद्ध मुद्धा दर्ता

काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुव्र्यवहार गर्ने २ जनालाई प्रहरीले पकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चिकित्सकमाथी कालोमोसो दल्ने मुख्य आरोपि ६ जना मध्य ४ जना अहिले फरार रहेको प्रहरीले जनाएको छ । 

चार दिनसम्म पनि प्रहरीले मुख्य आरोपी नेकपा एमाले निकट अनेरास्वबियु दाङका संयोजक सर्जन परियार र सह संयाेजक दिबस क्षेत्रिलाई पक्राउ गर्न सकेको छैन ।  तर पक्राउ कस्लाई गरेको हो,त्यो प्रहरीले खुलाएको छैन ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना माहामारी बिच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथी दुर्ब्यबहार गर्ने मुख्य आरोपि २ जनालाई दाङ प्रहरीले पक्राउ गरि स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरेको जानकारी दिए ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात भएपछी बढिमा ५ बर्ष सम्म कैद सजाय हुने गरी सरकारले नयाँ ल्याएको अध्यादेश पछि नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीहरुको सुरक्षासम्बन्धि अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए । 

उनले बाकी ४ जना फरार अभियुक्तलाई समेत दाङ प्रहरीले शिघ्र पक्राउ गरि कानुनको कठघरामा उभ्याउन सफल हुनेछ भन्नेमा आफू ढुक्क रहेको बिश्वास ब्यक्त गरे ।