राजधानीबाट चोरी भएका २४ मोटरसाइकल भेटिए

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १४ : ३६
राजधानीबाट चोरी भएका २४ मोटरसाइकल भेटिए

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट चोरी भएका २४ मोटरसाइकल भेटिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । 

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन न.पा., पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्‍वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका ती मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । 

भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए ।  चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको पनि उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस