आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १२ : ५४
आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन ।

बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस