काराबाओ कपमा एस्टन भिल्ला र एभर्टनको सहज जित

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, ११ : ३०
काराबाओ कपमा एस्टन भिल्ला र एभर्टनको सहज जित

एजेन्सी । काराबाओ कप अर्थात इएफएल कप फुटबल प्रतियोगितामा एस्टन भिल्ला, एभर्टन, नरिच सिटी र लिड्स युनाईटेडले विजयी सुरुवात गरेका छन् ।

गएराती भएको खेलमा प्रिमियर क्लब एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले हराउँदा एस्टन भिल्लाले ब्यारोलाई ६–० ल पाखा लगायो ।

यसैगरी लिड्स युनाईटेडले क्रेवे अलेक्जान्द्रालाई ३–० ले पराजित गर्दा नरिच सिटीले बर्नमाउथमाथि ६–० को फराकिलो जित निकाल्यो ।

काराबाओ कपका अन्य खेलहरुमा स्वान्सी सिटी, सण्डरल्याण्ड, प्रेस्टन, शेफिल्ड युनाईटेड, स्टोक सिटी र विगान एथ्लेटिक पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस