एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरमा गर्ने निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १९ : २९
एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरमा गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । आजको स्थायी कमिटी बैठकले यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल बनाएको छ । कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने  पनि स्थायी कमिटी बैठकले गरेको छ ।