विभाजित भएर जानेहरुलाई मुलधारमा फर्किन एमालेको आह्वान

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १८ : ४९
विभाजित भएर जानेहरुलाई मुलधारमा फर्किन एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले हालै विभाजित भएर गएको समुहलाई मुलधारमा फर्किन आह्वान गरेको छ । आज सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो ।
विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरुलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ ।