एमाले स्थायी कमिटीको बैठक सुरु, पूर्व माओवादी पनि सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०८ भदौ २०७८, १६ : ४५
एमाले स्थायी कमिटीको बैठक सुरु, पूर्व माओवादी पनि सहभागी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका
छन् । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ ।