मालपोत कार्यालयका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

सोमबार, १८ मंसिर २०७४, १६ : ३२
मालपोत कार्यालयका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

 

काठमाडौं, १८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् ।

उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस