भक्तपुरको गेष्ट हाउसमा होक्स बम फेला, एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १४ : ०५
भक्तपुरको गेष्ट हाउसमा होक्स बम फेला, एक जना पक्राउ

काठमाडौं । भक्तपुरको एक गेष्ट हाउसमा होक्स बम फेला परेको छ । घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद बस्तु फेला परेको थियो । 

गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका बर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस