काठमाडौँ । मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।
देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ ।अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरुबीच सल्लाह भयो,’ पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा भने ।
यस्तै कांग्रेस नेता मीन विश्वकर्माले माधव नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया पूरा हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘उहाँहरुले दल दर्ताकालागि पेस गर्नुभएको छ, निर्वाचन आयोगबाट त्यसको प्रक्रिया टुंगिएपछि संसदमा पनि दर्ता हुन्छ । त्यसपछि मन्त्रीपरिषद् विस्तार हुने हो,’ उनले भने ।
निर्वाचन आयोगले नेपाल समूहले दिएको दल दर्ताको निवेदनमाथि अध्ययन गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दलको विधान, विनियमावली, घोषणा–पत्र, चुनाव चिह्न लगायत कुराहरु संविधान र प्रचलित कानुन अनुकूल छ वा छैन ? अध्ययन गरेपछि पदाधिकारीको सनाखत गराइनेछ । र त्यसपछि मात्रै आयोगले दल दर्ताको निर्णय गर्नेछ ।
कानुनतः आयोगलाई यसरी अध्ययन गरी निर्णयका लागि ४५ दिनसम्मको समयावधि रहेको श्रेष्ठले जानकारी दिए । तर, त्योभन्दा अगावै गर्नलाई बाधा पर्ने छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिहीबार स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्ने
मन्त्रिपरिषद्को बैठक बस्दै
दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै, दमननाथको अन्तिम संस्कारबारे निर्णय हुने