वागमतीका मुख्यमन्त्री डोरमणिले राजीनामा दिँदै

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १६ : ३६
वागमतीका मुख्यमन्त्री डोरमणिले राजीनामा दिँदै

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य सर्वसम्मत चयन भइसकेकी छन् ।

सम्भवतः आजे शाक्य मुख्यमन्त्री बन्दै छिन् । डोरमणी अन्तिम क्याबिनेट बैठकका लागि मुख्यमन्त्री कार्यालयमा गएका छन् । उनले बैठकपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनेछन् । शाक्यको सपथग्रहण भने भोलि हुनेछ । 

प्रतिक्रिया दिनुहोस