एमाले स्थायी कमिटी बैठक शुरु

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १२ : ३७
एमाले स्थायी कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघि बैठक सुरु भएको हो ।

एमाले अध्यक्ष ओलीले सोमबार राति अपिल जारी गर्दै सरकारले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै पार्टी विभाजनविरुद्ध एकजुट हुन आव्हान गरेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबारमात्रै संसद् अधिवेशन अन्त्य गरेको थियो ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमाले अध्यक्ष ओलीको सक्रियता एकाएक बढेको छ । अध्यक्ष ओलीले स्थायी समिति लगतै आजै ३ बजे संसदीय दलको बैठक पनि बोलाएका छन् । अध्यादेशबारे चर्चा चलिरहेका बेला ओलीले लगातार बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले नेताहरूका अनुसार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकाले त्यसअघि नै माधव समूहका केही नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीले लगातार बैठक बोलाएका हुन् । ‘पार्टी अनुशासन उल्लङ्घन गर्ने केही नेतालाई स्थायी समितिबाट निर्णय गरेर दलको बैठकमार्फत कारबाही गर्ने सम्भावना छ’, ओली निकट एक स्थायी समिति सदस्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस