अफगानिस्तानबाट उद्दार गरि ल्याइएका ११८ जना नेपालीलाई राधास्वामी आइसोलेसन सेन्टरमा राखिने

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १२ : २२
अफगानिस्तानबाट उद्दार गरि ल्याइएका ११८ जना नेपालीलाई राधास्वामी आइसोलेसन सेन्टरमा राखिने

काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि मंगलबार ल्याइएका ११८ जना नेपालीलाई सामाखुशिस्थित राधास्वामी आइसोलेसन सेन्टरमा राखिने भएको छ ।

उनीहरुको आजै पीसीआर परीक्षण गरिने डीसीसीएमसी काठमाडौं संयोजक तथा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरि, उद्दार गरि ल्याइएका अन्य नेपालीलाई पनि आइसोलेसनमा राख्ने तयारी भैरहेको सीडीओ पराजुलीले जानकारी दिए । कोभिड संक्रमणको जोखिमको कारण उनीहरुलाई निको तुल्याएर घर पठाइने जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस