मुद्दा परेपछि रोकियो नौनी प्रकरणको छानबिन

पत्रपत्रिकाबाट

मंगलबार, ०१ भदौ २०७८, ०८ : ३९
मुद्दा परेपछि रोकियो नौनी प्रकरणको छानबिन

काठमाडौं । दुग्ध  विकास सस्थान  (डीडीसी)ले  म्याद  सकिएको  नौनी (बटर)  बेचेको  बारे  कृषि  तथा  पशुपन्छी विकास  मन्त्रालयले  थालेको  छानबिन  सोही घटनाविरुद्ध   जिल्ला   प्रशासन   कार्यालय काठमाडौँमा  परेको  मुद्दाका  करण  त्यसलाई हाल स्थगित गरेको छ । 

डीडीसीले   सुजल   डेरी   पोखराबाट ल्याएको  बटर  म्याद  सकिएपछि  त्यसको घिउ  बनाएर  बेचेको  खुलेको  छ ।  यसरी म्याद  सकिएको  बटर  बेचिरहेको  भनी  थाहा पाएपछि  खाद्य  प्रविधि  तथा  गुण  नियन्त्रण विभागले  अनुगमन  गरेको  थियो ।  त्यसमा विभागले  त्रुटि  फेला  पारेको  थियो ।  त्रुटि नसच्याएको  भन्दै  विभागले  गत  असारमा डीडीसीमाथि  जिल्ला  प्रशासन  कार्यालयमा मुद्दा दायर गरेको थियो ।

म्याद  सकिएको  बटर  बिक्री  वितरण गरेको  भनी  थाहा  पाएर  कृषि  तथा  पशुपन्छी विकास   मन्त्रालयले   डीडीसीसँग   त्यसको यथार्थ जानकारी  मागेको  थियो ।  डीडीसीले बिक्री   वितरण   भएको   बटरबारे   दिएको प्रतिवेदनको  अध्ययन  तथा  त्यसबारे  कृषि मन्त्रालयले   छानबिन    थालेको    थियो ।

विभागले   त्यसविरुद्ध   मुद्दा   नै   दायर गरिसकेको  हुनाले  तत्काल  त्यसको  निर्णय नआउँदासम्म  केही  नगर्न  नसकिने  भन्दै छानबिन  स्थगित  गरिएको  कृषि  मन्त्रालयका सहसचिव डा. विमल निर्मलले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस