सामाजिक सुरक्षाको माग गर्दै ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनद्वारा प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १४ : ०५
सामाजिक सुरक्षाको माग गर्दै ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियनद्वारा प्रदर्शन

काठमाडौं । सामाजिक सुरक्षा ऐन लागू गर्न दबाव दिँदै नेपाल ट्रेकिङ ट्राभल्स ¥याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ । 

आईतवार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो । युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमीकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ । युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको बताए ।

उनले भने, “हामीले बारम्बार नागरिक उड्ययन प्राधिकरणलाई श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्यो भन्यौँ । नेपाल सरकारले घोषणा गरेको सामाजिक सुरक्षा लागू नगर्नेको बैंक खाता रोक्नुपर्छ, सामाजिक सुरक्षा ऐन लागू गर्न भन्दा पनि नागरिक उड्ययन प्राधिकरण र त्यस अन्तरगतको सिभिल इन्जिनियरिङ शाखामा बारम्बार ताकेता गर्दा ठेकेदारलाई केही भन्न नसक्ने र ठेकेदारलाई झनै प्रोत्साहन गरेकोले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ, यो सांकेतिक मात्रै हामी भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यहाँको ठेकेदार कम्पनी, इन्जिनियरिङ शाखा, नागरिक उड्ययन प्राधिकरण भ्रष्टाचारको आडमा सामाजिक सुरक्षा भत्ता काटेन भनेर उजुरी हाल्नेछौँ, नागरिक उड्ययन प्राधिकरणको मुख्य कार्यालय घेराउ गर्नेछौँ ।”उनले यो मुद्दालाई अन्तर्राष्ट्रिय आयोगमा पनि सुनुवाइका लागि मुद्दा हाल्ने चेतावनी दिए । 

प्रतिक्रिया दिनुहोस