काठमाडौं । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० साउन २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा– कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल