अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा जुट्न प्रधानमन्त्री देउवालाई आग्रह

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, १७ : ००
अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा जुट्न प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा जुट्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कांग्रेस नेताहरुले अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले देउवा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

प्रतिक्रिया दिनुहोस