न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

सफल खबर संवाददाता

शनिबार, ३० साउन २०७८, १५ : ३४
न्याय नपाएसम्म धर्ना नछाड्ने कांग्रेस कार्यकर्ताको अडान

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै एक महिनादेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा बसेका विभिन्न जिल्लाका कार्यकर्ताले न्याय नपाएसम्म धर्ना नछाड्ने अडान लिएका छन् ।

३५ दिनदेखि लगातार धर्नामा बस्दै आएका बारा कांग्रेसका नेता उपेन्द्र यादवले न्याय नमिलेसम्म जिल्ला नफर्कने बताए ।यस्तै धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरूले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा उत्रनु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस