चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले बताए ।
आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको छ । थप क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० साउन २०७८, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार अर्ब ५० करोडभन्दा बढी लगानीमा भरतपुर विमानस्थल विस्तार गरिदैँ
श्री एयरलाइन्सले गर्यो भरतपुर विमानस्थलमा परीक्षण उडान