आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति देउवा नरम, पौडेल कडा

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, २० : १३
आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति देउवा नरम, पौडेल कडा

काठमाडौं । कांग्रेसमा सामूहिक राजीनामा घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल कडा बनेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नरम बनेका छन् । पौडेलले सिधा असहमति व्यक्त गरेका छन् भने सभापति देउवाले नरम प्रतिक्रिया दिएका छन्।

आजको  केन्द्रीय  समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा पछि बोलेका पौडेलले उनीहरुको माग पूरा हुन नसक्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

अन्तिममा बोलेका सभापति देउवाले भने राजीनामा दिनेहरुको माग सुन्ने बताए । उनले भने, ‘राजीनामा दिनेको माग सुन्छौं र बुझ्छौं । महाधिवेसनमा पनि यसबारे छलफल हुन्छ । कसैलाई पनि अन्याय हुन दिइन्न ।’

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु सबै देउवाले मनोनित गरेका हुन् । त्यसैले वरिष्ठ नेता पौडेल उनीहरुको मागप्रति उदार छैनन् । 

प्रतिक्रिया दिनुहोस