कोरोना खोपको माग्दै गर्दै प्रर्दशनमा उत्रिएका शिक्षक प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १४ : ३७
कोरोना खोपको माग्दै गर्दै प्रर्दशनमा उत्रिएका शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौँ । कोरोना खोप माग गर्दै शिक्षकहरू शुक्रबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनरत केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षक–कर्मचारीहरू कोरोनाको जोखिममा रहेको भन्दै उनीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग राखी नेपाल शिक्षक महासंघको अगुवाइमा प्रदर्शन गरिएको हो । 

शिक्षकहरू टंगाल माविमा जम्मा भई र्‍यालीसहित प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा थिए । विद्यालयबाहिरै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस