काठमाडौँ । काठमाडौँमा लगायत अन्य विभिन्न जिल्लामा गरी ४ जना मृतअवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका १६ बालाजु बाईसधारास्थित पोखरीमा एक जना मृत फेला परेका छन् । बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने २२ वर्षीय राजु सुनार सोही महानगरपालिका-१६ दिप हाउजिङ नजिक सेती नदीको नहरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् भने गोरखा नगरपालिका-१० ठुटी बजारस्थित दरौदी खोलामा सोही नगरपालिका-२ बस्ने ७० वर्षीय कुल बहादुर आले पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुलीको घ्याङलेख गाउँपालिका-५ बजुडाँडा बस्ने बिष्णु बिकको छोरा ११ वर्षीय सुमन बिक पनि घरमै मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १२ : ३८
लेखकबाट थप