बुटवल । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । दुई पार्टीको सहमतिअनुसार उनी ८ महिना मुख्यमन्त्री बन्ने भएका छन् । त्यसपछि ८ महिना फेरि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नेछन् ।
प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।रोल्पा नगरपालिका वडा न ६ जिवाङका केसी राजनीतिमा आदर्श र निष्ठाले लागेका नेता हुन्। विस २०२७ माघ १० गते जन्मिएका केसी विद्यार्थीकालबाटै राजनीतिमा होमिएका थिए। २०४३ सालमा कक्षा ७ मा अध्ययन गर्दादेखि नै तत्तकालीन मसालको विद्यार्थी राजनीतिक संगठनमा आबद्ध भएका थिए। २०४६ सालमा उनी अनेरास्ववियूको रोल्पा सचिव भएका थिए।
विद्यार्थी राजनीतिबाटै अघि बढेका केसीको राजनीतिक शुरुवातका बेला पूर्वसभामुख कृष्णबहादुर महराबाट प्रभावित भएका थिए। एसएलसी उत्तीर्ण गरेपछि दाङको महेन्द्र बहुमुखी क्याम्पस आएपछि उनको राजनीतिक सक्रियता बढेको उनी निकटका नेताहरु बताउछन्। अध्ययनसँगै उनले २०४८ सालमा स्थायी शिक्षकको जागिरे भएका थिए।
शिक्षक भएकै बेला २०५० साल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्थायी शिक्षकले कालो झण्डा देखाएको भन्दै उनले शिक्षकबाट अवकास लिनु पर्यो। स्थायी शिक्षकले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएर विरोध गरेको भन्दै शिक्षकबाट बर्खास्तीमा परेपछि उनले २०५० सालदेखि भूमिगत राजनीति सुरु गरेका थिए। २०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा शुरु गरेपछि रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। भूमिगत भई राजनीति गर्न थालेपछि उनको जिम्मेवारी समेत बढेको छ।
२०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै उनी २०६३ सालमा तत्तकालीन योङ कम्युनिष्ट लिगको इन्चार्ज तथा सेना समायोजन सदस्य थिए। यस्तै त्यही बेला उनले जनसेना तेस्रो डिभिजन शक्तिखोरका कमिसार थिए। जनयुद्धका बेलामा उनले जनमुक्ति सेनाका विभिन्न जिम्मेवारी समालेका थिए।
२०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए ।
तत्कालीन सशस्त्र द्वन्द्वकै बेला पार्टी बैठकमा भाग लिएर भारतबाट नेपाल फर्कँदै गर्दा भारतीय प्रहरीबाट गिरफ्तारमा परे। भारतको पटनाबाट पक्राउ परेका उनी साउन २५ गतेसम्म जेल बसेका थिए। राजनीतिक सक्रियता र निष्ठामा भने केसी अब्बल रहेको माओवादी नेताहरू बताउछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १६ : ३५
लेखकबाट थप