नगरिकको निक्षेपमा सेन्चुरी बैंकका अध्यक्षको बम्हलुट !

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १७ : १९
नगरिकको निक्षेपमा सेन्चुरी बैंकका अध्यक्षको बम्हलुट !

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ व्यक्तिलाई टाई लगाएको गुण्डाको उपनाम दिइन्छ । यो उपनामका बारेमा चर्चा चलेको लामै समय भयो ।

बैंक तथा वित्तीय संस्थाका मानिसको व्यवहार र कार्यशैली पनि उस्तै छ । नागरिकले खाई नखाई जम्मा पारेको निक्षेपलाई मनलाग्दी प्रयोग गर्ने उनीहरुको शैली नयाँ होइन । अधिकांश बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले बदमासी गरेकै छन् । मात्रात्मक रुपमा तलमाथि होला । तर, अधिकांशले नागरिकको निक्षेपमाथि ¥याल काढेर हिनामिना गरेको घटना मध्ये केही सार्वजनिक भएका छन् भने केही गुपचुप साम्य पारिएको छ ।

यसै सन्दर्भमा पछिल्लो पटक  सेन्चुरी कमर्सियल बैंकका अध्यक्षले मोटो रकम हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । सो बैंकका अध्यक्ष  राजेशकुमार श्रेष्ठले ६ करोड  बराबरको रकम हिनामिना भएको तथ्य प्राप्त भएको छ ।

जानकारहरुका अनुसार बैंकका अध्यक्ष श्रेष्ठ र बैंकका तात्कालिन नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले  मौरिसस गएर एम एन्ड एम रेमिटबाट बैंकलाई रकम पठाउन लगाई यता बैंकबाट भुक्तानी गर्नसमेत लगाएका थिए । यो सरासर गैरकानूनी काम हो । तर, उता लगिएको रकम पनि उतै हराएको बताइएको छ ।


मौरिससमा बसेका नेपालीले आम्दानी गरेको रकम बैंकमार्फत पठाउन लगाएर अध्यक्ष श्रेष्ठ र बैंकका केही सञ्चालकको मिलेमतोमा श्रेष्ठकै नाममा कम्पनी रजिष्ट्रर कार्यालयमा दर्ता रहेको ‘राम्रो रेमिट’ प्रालि मा रकम पठाइएको थियो । आफैले रकम पठाउने र आफैले खोलेको कम्पनीमार्फत लिने गरिएको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेको भएपनि कुनै कारवाही नभएको सम्वद्ध स्रोतको दावी छ । श्रेष्ठले विप्रेषणमार्फत  ५ लाख ८२ हजार २ सय ६५ अमेरिकी डलर पठाएर बैंकलाई समेत अप्ठ्यारो पारिदिएका थिए । पछिल्लो समय क वर्गका वाणिज्य बैंकहरु मध्ये असाध्यै कमजोर कार्यक्षमता देखाउने बैंकका सेञ्चुरी बैंक पर्दछ ।

असाध्यै सुस्त र रुढीवादी बैंकको मान्यता स्थापित गरेको सो बैंकका अध्यक्ष नै गलत काममा संलगन भएको पाइएपछि शेयर बजारमा समेत कुनै प्रभाव देखाउन सकेको छैन । नाफामा समेत कुनै सुधार भएको छैन । लगानी तथा अन्य सूचक समेत राम्रो देखिदैन ।

स्रोतका अनुसार बैंकमा पैसा आउनुभन्दा पहिल्यै अध्यक्ष श्रेष्ठ मौरिसस गएर एम एन्ड एम रेमिटका सञ्चालक मनिषराज पन्तसँग सेटिङ मिलाएका थिए ।  उनले पठाउने भनिएको पैसा बैंकमा नहालि आफैँले रेमिट्यान्स कम्पनी खोली उक्त रकम आफ्नै रेमिट्यान्समा पठाएका थिए । उनले नेपालबाट बैंकको पैसा चलाएको पाइएको छ । अध्यक्ष श्रेष्ठलाई बैंकको पैसा अनाधिकृत रुपमा किन चलाएको भनेर नेपाल राष्ट्र बैंकले चासो राखेपनि कुनै कारवाही भएन ।

केन्द्रीय बैंकमा रहेका केही कार्यकारी निर्देशकले श्रेष्ठलाई जोगाएको जानकारहरुको दावी छ ।  बैंकको पैसा हिनामिना गर्ने कार्यमा बैंकका अध्यक्षका ज्वाई नाता पर्ने रमेशकुमार श्रेष्ठको पनि मिलेमतो रहेको बताइन्छ । केन्द्रीय बैंकले ध्यान पु¥याउन नसक्दा नेपाली जनताले खाई नखाई जम्मा गरेको निक्षेपमाथि टाई लगाएकाहरुले हिनामिना गरेको स्पष्टै देखिन्छ ।

लामो समयसम्म नागरिकको निक्षेप रकम बैंकका सञ्चालकहरु मिलेर हिनामिना गर्दासमेत नेपाल राष्ट्र बैंकले किनारा लगाउन नसक्नु अर्को दुःखद पक्ष भएको भन्दै आक्रोश व्यक्त भएको छ ।

उता सिंहदरबारबाट कारोबार खोसिएपछि एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारीले भारतीय दूतावासमा पुगेर बिलौना गरेका छन् ।  सबैभन्दा ठूलो कारोबार हुने सिंहदरबारबाट एभरेष्ट बैंकको कारोबार करिब करिब शून्य हुने भएको छ । एभरेष्टले गर्दै आएको कारोबार संघीय संसद सचिवालयको आग्रह अनुसार वाणिज्य बैंकले गर्ने भएको छ ।

हालका डेपुटी गभर्नर बम बहादुर मिश्र तात्कालिन समयमा विदेशी बिनीमय विभागमा रहँदा त्यसबारेमा केही छानविन गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई समेत सो बारेमा जानकारी गराइएको थियो । तर कुनै उपलब्धी हात लाग्न सकेको छैन ।

सञ्चालक एवम् अध्यक्षले नै बैंक धरासायी बनाउनेगरी आर्थिक हिनामिना गरेपछि बैंकका शेयरधनीले सञ्चालक समितिमा दिएको छानबिनको निवेदन समेत कार्यान्वयन हुन सकेको छैन । तर, छानबिनका लागि शेयरधनीले नैअ ावेदन गरेपछि श्रेष्ठको तुजुकमा भने केही कमी देखिएको छ ।

शेयरधनीले बैंकले एमएम रेमिटसँग गरेको रेमिट्यान्स कारोबारमा बैंकलाई करिब छ करोड व्यवस्था गर्नु परेपछि तात्कालीन नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईसमेतको संलग्नतामा रहेको निवेदनमा उल्लेख गरेको छन् । सोही आधारमा नेपाल राष्ट्र बैंकले भट्टराईलाई कारवाही गर्न सेन्चुरी बैंकको सञ्चालक समितिलाई २०७६ असारमा नै निर्देशन दिएको  थियो । तर, हालसम्म कुनै कारवाही नै हुन सकेको छैन । लामो अवधि बितिसक्दा समेत संचालक समितिले बैंकको रकम उठाउन नसक्नु तथा पहल नगर्नुको कारण के हो ?  भन्ने बारेमा शेयरधनीले गम्भीरआपत्ति जनाएका छन् ।

बैंकको क्षति साथै बैदेशिक मुद्रा अपचलन जस्तो अति महत्वपूर्ण विषयको सम्बन्धमा संचालक समितिले मध्यस्तकर्ता मात्र नियुत्ति गरी मौन बसेको भन्दै  व्यवस्थापनसँग प्रगति विवरण माग गरेका छन् ।  बैंकका सञ्चालक मध्येका राजेश श्रेष्ठ, हालका सञ्चालक रणबहादुर श्रेष्ठ तत्कालिन रेमिट प्रमुख राजेश श्रेष्ठका साथै अन्य कर्मचारीको मिलेमतोमा राम्रो रेमिट प्रा. लि दर्ता गरेका थिए । उनीहरुले २०७३ साउन १६ गते कारोबार सञ्चालन गरेका थिए । 

जानकारहरुका अनुसार राजेश श्रेष्ठले  २५ लाख भुक्तानी गरेर बाँकी २० लाख मनिषराज पन्तको सासुको खाताबाट भुक्तानी भएको प्रमाण समेत रहेको शेयरधनीको भनाइ छ ।  सो बारेमा बुझ्न पटक पटक बैंकका अध्यक्ष श्रेष्ठसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
 

प्रतिक्रिया दिनुहोस