सर्वोच्चद्धारा दैनिक पत्रकार सम्मेलन

शनिबार, ०१ बैशाख २०७५, १९ : २७
सर्वोच्चद्धारा दैनिक पत्रकार सम्मेलन

काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिनुभयो ।
उहाँले सर्वोच्चबाट दैनिक हुने न्यायसम्पादन बारे सञ्चारमाध्यममा पहुँच पु¥याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस