तरकारीवाली कुशुम अभिनित चलचित्र ‘लम्फू’को ट्रेलर सार्वजनिक

शनिबार, ०१ बैशाख २०७५, १५ : १२

काठमाडौं । बैशाखमा रिलिज हुने चलचित्र ‘लम्फू’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा एक कार्यक्रमका बीच   चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नव–नायक कबिर खड्का र सलोन बस्नेत हाबी भएका छन् । ट्रेलरमा अभिनेत्री मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका छन् । सलोन भने केहि फरक भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

कार्यक्रममा नव–नायक कबिर खड्काले अनुभवी टिमबाट चलचित्रमा डेब्यू गर्न पाएकोमा खुशी व्यक्त गरे । ओस्कार फिल्म एकेडेमीबाट अभिनयमा स्नातक गरेका खड्काले ‘लम्फू’ आफ्नो लागि ‘टर्निङ्ग पोईन्ट’ रहेको बताए । अभिनेता सलोन बस्नेतले ‘लम्फु’मा आफुले अन्य चलचित्रमा भन्दा फरक भूमिका निर्बाह गरेको सुनाए । ट्रेलर रिलिज कार्यक्रममा तरकारीवालीको नामले प्रख्यात कुशुम श्रेष्ठको समेत उपस्थिती थियो । चलचित्रमा कुशुमको पनि छोटो भूमिका रहेको कार्यक्रममा जानकारी गराईयो ।

कार्यक्रममा कुशुमले बैशाख २८ मा चलचित्र रिलिज भएपछि प्रतिक्रियाको आधारमा मात्र आफु अभिनयमा अगाडी बढ्ने बताइन् ।  गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितिले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउँछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन, दीपक बज्राचार्यको छायांकन, पुनम गौतमको कस्ट्युम डिजाईन र रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । संगीत भने अर्जुन पोख्रेलले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस