बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् । प्रदेश प्रमुख शेरचनले शुक्रबार बुटवलस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थिति नआओस् भन्ने आफ्नो कामना रहेको स्पष्ट पारे ।
उनले आफूलाई संविधानले दिएको अधिकारभन्दा बाहिर जाने छुट नभएको पनि बताए “यो संविधानभन्दा माथि हामी कोही पनि छैनौं । म यहाँ आएको छु । यो संविधानले निर्दिष्ट गरेको विषयहरु भन्दा बाहिर जाने अधिकार मलाई छैन ।” नवनियुक्त प्रदेश प्रमुख शेरचनले भने,“संविधानलाई आफू अनुकूल ब्याख्या गर्ने वा संविधानको मर्म र भावना भन्दा फरक ढंगले हिँडने स्थितिहरु देशमा नआओस्, त्यस्तो देख्न नपरोस् भन्ने नेपाली जनताको चाहना छ ।”
प्रदेश प्रमुख शेरचनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरुसँग सहकार्य गरेर प्रदेशका जनताको हितमा काम गर्न भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफू वरिपरीकालाई हेर्ने काम जनता र राष्ट्रको हित विपरित हुने भन्दै त्यस्तो काम आफूबाट नहुने बताए ।शेरचनले गण्डकी प्रदेश प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उनलाई लुम्विनी प्रदेश प्रमुखमा पुनः नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमिक शेरचनको स्वास्थ्यमा सुधार