गुल्मी । गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा ५ वर्षीया वालिका वलात्कारको घटना सार्वजानिक भएको छ ।
विहिवार दिउँसो साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकालाई स्थानिय १४ वर्षिय किशोरले वलात्कार घरेको घटना वुर्तिबाङ्ग प्रहरीले आज सार्वजानिक गरेको हो । दुवै वालवालिका भएकाले नाम भने प्रहरीले गोप्य राखिएको छ।
घटनाको दोश्रो दिन शुक्रवार अनुसन्धान गरी कार्वाही प्रकृया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाईएको वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार गरेको कुरा परिवारजनले ति वालिका रोई कराई गरेपछि मात्र थाह पाएको बताईएको छ । मेडिकल रिर्पोटले पनि वालिका बलात्कृत भएको देखाएको बताइएको छ ।
प्रहरीले थप अनुसन्धान भई रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस