प्रतिनिधि सभाको बैठक आज बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, ११ : ५१
प्रतिनिधि सभाको बैठक आज बस्दै

file-photo

प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा जम्मा एउटा मात्र कार्यसूची तोकिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६ र ७७ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् । 

अन्य थप कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस