श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार

शुक्रबार, ३० चैत्र २०७४, १८ : ०३
श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार

भारतकी दिवंगत अभिनेत्री श्रीदेवीलाई ‘मम’ फिल्मका लागि उत्कृष्ट नायिकाको उपाधी प्रदान गरिएको छ । उत्कृष्ट र जीवन्त अभिनयका लागि श्रीदेवीले उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार पाएकी हुन् ।  स्मरण रहोस्, दुई महिना अघि दुबईमा श्रीदेवीको मृत्यु भएको थियो ।

यस्तै, ‘न्यूटन’ ले उत्कृष्ट हिन्दी फिल्मको उपाधी हात पारेको छ । साथै, फिल्ममा शानदार अभिनयका लागि नायक पंकज त्रिपाठीले स्पेशल अवार्ड पाएका छन् ।   यसका साथै, बाहुबली टु ले उत्कृष्ट एक्सन निर्देशन र उत्कृष्ट स्पेशल इफेक्ट मुभीको उपाधी पाएको छ । उत्कृष्ट इडिटिङको उपाधी असम भाषाको फिल्म ‘भिलेज रकस्टार’ ले पाएको छ ।

राष्ट्रिय फिल्म पुरस्कार कमिटीका चेयरम्यान शेखर कपूरले भारतको विभिन्न भाषाको फिल्मका लागि अवार्ड घोषणा गरे । उत्कृष्ट कोरियोग्राफीको अवार्ड ‘टोइलेट–एक प्रेम कथा’ ले पाएको छ । यसमा गोरी तू लट्ठ मार गितले कोरियोग्राफीको लागि यो अवार्ड पाएको हो । यसको कोरियोग्राफी गणेश आचार्यले गरेका थिए । उत्कृष्ट ब्याकग्राउन्ड म्यूजिक अवार्ड श्रीदेवी स्टारर ‘मम’ ले पाएको छ । मणि रत्नमको कत्रु भेलिइदाइका लागि एआर रहमानले बेस्ट म्यूजिक डाइरेक्टरको अवार्ड दिइयो ।

प्रतिक्रिया दिनुहोस