सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक ४ बजे बस्दै

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १२ : ५१
सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक ४ बजे बस्दै

काठमाडौं । गठबन्धन सरकार सञ्चालन तथा त्यसका लागि चाहिने साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज अपराह्न बस्ने भएको छ । कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

कार्यदल स्रोतका अनुसार बैठकमा सरकार सञ्चालनको न्युनतम मापदण्ड, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुनेछ । सत्ता साझेदार दलहरूले काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थिए ।

जसमा काँग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् । काँग्रेसका तर्फबाट महामन्त्री खड्कासहित नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

यसअघि शनिबार साँझ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । जसले गठबन्धनको सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस