डा.शशांक कोइराला निवासमा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, १३ : १७
डा.शशांक कोइराला निवासमा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु

काठमाडौं । महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित डा.कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा. रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ ।

छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस