एमाले केन्द्रिय समितिको बैठक च्यासलमा बस्दै, फ्लोर क्रस गर्ने सांसदलाई कारवाहीको तयारी

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, ०८ : २२
एमाले केन्द्रिय समितिको बैठक च्यासलमा बस्दै, फ्लोर क्रस गर्ने सांसदलाई कारवाहीको तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएकाको केन्द्रीय समिति बैठक ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ ।

बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गर्ने सांसदहरुका सम्बन्धमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए ।

आइतबार बसेको स्थायी कमिटि बैठकले पार्टीको आधिकारिक धारणा विपरित गएर मतदान गर्ने सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले नेता माधवकुमार नेपाल पक्ष आउने–नआउने निश्चित नरहेको बताए । यता देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका एक सांसदले आफुहरु ओलीले बोलाएको बैठकमा नजाने बताए ।

प्रतिक्रिया दिनुहोस