महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १८ : ०२
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । ठाकुर पक्षले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा .सुरेन्द्र झाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस