देउवा सरकारको पहिलो नियुक्ति : खाती बने महान्याधिवक्ता

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १९ : ५५
देउवा सरकारको पहिलो नियुक्ति : खाती बने महान्याधिवक्ता

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो नियुक्ति गरेको छ ।

महान्यायाधिवक्तामा देउवा सरकारले खम्बबहादुर खातीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्ति गरेकी हुन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । 

प्रतिक्रिया दिनुहोस