सत्तापक्षीय गठबन्धनको बैठक सिंहदरबारमा सुरु, माधव नेपाल अनुपस्थित

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १७ : ४६
सत्तापक्षीय गठबन्धनको बैठक सिंहदरबारमा सुरु, माधव नेपाल अनुपस्थित

काठमाडौँ । सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ । 

केहीबेर अघि सुरु भएको उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित छन् । देउवा सरकारलाई साथ दिएका एमाले वरिष्ठ नेता माधव नेपाल भने बैठकमा अनुपस्थित छन् ।

गठबन्धनमा रहेका दलहरु मध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसअघि माओवादी केन्द्रले उच्चस्तरीय राजनीति संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।  

प्रतिक्रिया दिनुहोस