माधव नेपालनिकट युवाहरुद्वारा ‘अखिल फोर्स’ गठन

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १७ : २१
माधव नेपालनिकट युवाहरुद्वारा ‘अखिल फोर्स’ गठन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरूले ‘अखिल फोर्स’ गठन गरेका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार  ‘अखिल फोर्स’ बनाएका हुन्।

अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुदेस पराजुलीले ‘अखिल फोर्स’ बनाउने निर्णय भएको बताए। उनीहरूले आज मोटरसाइकल र्‍याली पनि गरेका थिए।

तपेन्द्र शाहीको नेतृत्वमा अखिल फोर्स बनाइएको छ।गत मंगलबार एमाले अध्यक्ष ओली निकटहरूले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएका थिए। 


 

प्रतिक्रिया दिनुहोस