ओलीसँग जनादेशको आधार छैन : डा भीमार्जुन आचार्य

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १६ : ३५
ओलीसँग जनादेशको आधार छैन : डा भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद् डा भीमार्जुन आचार्यले केपी शर्मा ओलीसँग जनादेशको नैतिक तथा राजनीतिक आधार नरहेको दावी गरेका छन् । ओली प्रधानमन्त्री निर्वाचित भए पनि दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटनको सिफारिस गरिसकेका कारण उनीसँग त्यो जनादेश कुनै आधार नभएको उनको भनाइ छ । 

ओलीले आफ्नो बहिर्गमनको क्रममा ‘जनादेश मसँग छ, परमादेश देउवाजीसँग छ’ भनेका थिए । सर्वोच्च अदालतले संविधान बमोजिम गर्ने आदेश पनि जनादेश नै हुने उनको दावी छ । प्रहरी महानिरीक्षकको सन्दर्भमा होस् या अन्य विभिन्न पदमा

नियुक्तिको सम्बन्धमा देखिएका विवादमाथि दायर भएका रिट निवेदन उपर अदालतले कयौं पटक यस्तो परमादेश जारी गरेको उनले बताए । अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संविधान बमोजिम काम गरेको उनले बताए । उनले भने, ‘यस अर्थमा अदालतले आफ्नो गरिमालाई बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस