प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १५ : २३
प्रतिनिधिसभा बैठक साउन ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलाबमोजिम पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै  संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस