महाधिवेशन र सरकारका विषयमा छलफल गर्न कांग्रेस पौडेल पक्षको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १४ : ११
महाधिवेशन र सरकारका विषयमा छलफल गर्न कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौं । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्दैछ । केहीबेरमा महामन्त्री डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन र सरकारमा आफ्नो समूहको सहभागिताबारे छलफल हुने जनाइएको छ ।

‘महाधिवेशनको कुरा छँदैछ , पावर सेयरिङबारे पनि छलफल हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार बने पनि आन्तरिक छलफल ठप्प रहेकोले हामी छलफलमा जुटेका हौं’, पौडेल पक्षका एक नेताले भने । पौडेल पक्षले देउवा सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागी सुनिश्चित हुनुपर्ने बताउँदै आएको ।

प्रतिक्रिया दिनुहोस