एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू हुन् : मुख्यमन्त्री पौडेल

रासस

विहीबार, ३१ असार २०७८, ११ : ५१
एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू हुन् : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन् । 

हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाअभियानमा ​ लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरे । 

कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरे । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका छन् भने । 

कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस