काठमाडौँ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ ।
साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले दर्जनौं संघसंस्था र व्यक्तिगत तवरले प्राप्त रायसुझावमाथि अध्ययन गरिरहेको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले हालसम्म प्राप्त सुझावलाई अध्ययन गरेर प्रारम्भिक चरणको काम थालेको जानकारी दिए ।
‘अहिले मौद्रिक नीतिको चटारो छ । सरकारी, निजी संघसंस्थाले लिखित सुझाव दिएका छन् र अझै दिँदै छन् । नीतिको तयारी शुरू भइसकेको छ तैपनि महत्वपूर्ण सुझाव आए समेटिन सकिन्छ,’ उनले भने ।आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ असार २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंक तथा वित्तीय कम्पनीको पुँजी कोषसम्बन्धी व्यवस्था परिमार्जन हुने
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
मौद्रिक नीति आज सार्बजनिक नहुने
आज मौद्रिक नीति सार्वजनिक हुँदै
मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो