राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १७ : २४
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छिन।

सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन सोमबार मध्यराति १० बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

सर्वोच्च अदालतले प्रतिनिसभा पुनर्स्थापना गर्दै मंगलबार अपरान्ह पाँच बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयलाई परामादेश जारी गरेको केहीबेरमै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस