झापामा २५ वर्षीया युवतीको शव फेला

रासस

सोमबार, २८ असार २०७८, ११ : ४१
झापामा २५ वर्षीया युवतीको शव फेला

सांकेतिक तस्वीर

झापा । विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो । 

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । 

प्रतिक्रिया दिनुहोस