बाढीपीडितलाई जस्ता र प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्री ओलीको आश्वासन

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १६ : ४५
बाढीपीडितलाई जस्ता र प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्री ओलीको आश्वासन

सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएका छन ।

शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न गएका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँको आश्वास दिएका हुन ।

मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।यस्तै, प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलाइ प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउनेसमेत आश्वासन दिएका छन । हेलम्बु हिमाली क्षेत्र भएकाले १ लाख रुपैयाँ बढी उपलब्ध गराइएको उनको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको क्षति एकिन गरी सुचालु गर्न पनि निर्देशन दिएका छन । आयोजना पुनर्निर्माणका लागि सरकारले रकम उपलब्ध गराउने भएकाले द्विविधाविना काम गर्न पनि उनले आग्रह गरेका छन। मेलम्ची र हेलम्बुको अवलोकनपछि प्रधानमन्त्री ओली काठमाडौं फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस