हस्तकला सम्बन्धि ३ महिने तालिम समापन

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १३ : १६
हस्तकला सम्बन्धि ३ महिने तालिम समापन

चितवन । कालिका÷बि.एम.हस्तकला प्रशिक्षण केन्द्रको आयोजना तथा कालिका नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, (जैविक विविधता संरक्षण कोष (हरियो वन) को सहयोगमा सञ्चालित ढाका बुन्ने तथा हस्तकला सम्बन्धि ३ महिने तालिम समापन भएको छ ।

बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको सभापतित्वमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रदेश सभासद् घनश्याम दाहाल (अविनाश) प्रमुख अतिथि रहेका थिए भने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछाने विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् घनश्याम दाहाल (अविनाश)ले विगतका वर्षदेखि बि.एम.हस्तकला प्रशिक्षण केन्द्रले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले तालिमको लागि आफ्नो संस्थाबाट सहयोग रहेको र बिचौलियाका कारण महिलाहरुले उत्पादन गरेका वस्तुहरुको आकर्षक बजार मूल्य प्राप्त नहुने हुँदा उत्पादन भएका वस्तुहरुलाई उचित बजारीकरण गर्नुपर्ने बताए । 

त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा.बाबुराम लामिछानेले महिलाहरुको सिप विकास र आयआर्जन हुने खालका गतिविधिहरुमा विगतका वर्षहरुदेखि नै केन्द्रलाई सहयोग हुँदै आएको र आगामि दिनहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै कार्यक्रममा कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व कार्यालय प्रमुख रामकुमार अर्याल, बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी सल्लाहकार सविता लामा ले तालिम समापनको शुभकामना व्यक्त गरेका थिए । 

केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सहभागीको तर्फबाट मरियम तामाङले तालिममा सिकेका सिपका बारेमा आफ्नो धारणा राखेका थिए । 
तीन महिनासम्म सञ्चालित तालिममा १३ जनाको सहभागिता रहेको थियो । 
केन्द्रकी सचिव हन्ना लामाले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रममलाई बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेले धन्यवाद मन्तव्य सहित समापन गरेकी थिइन । 
 

प्रतिक्रिया दिनुहोस