श्री एस टी ग्रुपले गर्यो बाग्मती प्रदेशलाई २०० थान अक्सिजन सिलिन्डर सहयोग

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १२ : ४३
श्री एस टी ग्रुपले गर्यो बाग्मती प्रदेशलाई २०० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौँ  । श्री एस टी ग्रुपले बाग्मति प्रदेश सरकालाई २०० थान अक्सिजन र रेगुलेटर सहयोग गरेको छ। आफ्नो कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत रहेर कम्पनीले सहयोग गरेको हो।

श्री एस टी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेति र निर्देशक कृष्ण प्रसाद दुलाल लगायतले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई हस्तानतरण गरेका हुन्।

श्री एस टि सि ग्रुपले अटोमोबाइलका विभिन्न ब्राण्डका स्पेयर्स, टायर, ल्यु तथा ब्याट्रीको आधिकारीक विक्रेता एवं उत्पादक कम्पनी हो।

प्रतिक्रिया दिनुहोस